०१ असार २०८३, सोमबार

बुटवल माेतीपुर घटना : एमालेनिकट सुकुम्वासी संगठनले माग्यो गृहमन्त्रीको राजीनामा

बुटवल माेतीपुर घटना : एमालेनिकट सुकुम्वासी संगठनले माग्यो गृहमन्त्रीको राजीनामा
फाइल तस्वीर।

नेकपा एमाले निकट नेपाल भूमिहीन सुकुम्वासी संगठनले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेको छ । 

चार जनाको ज्यान जाने गरी भएको बुटवल मोतीपुर घटनाको पूर्ण जिम्मेवारी लिँदै गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने संगठनले माग गरेको हो । 

यस्तै संगठन अध्यक्ष शान्ता चौधरीले मोतीपुर घटनाबारे स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन् । ‘घटनाको सत्यतथ्य जाँचबुझ गर्न नेपाल मानव अधिकार आयोग, नागरिक समाज, पत्रकार महासंघलगायतको स्वतन्त्र न्यायिक छानबिन समिति गठन गरी घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति र घाइते भएकाहरूलाई औषधी उपचारको उचित व्यवस्था गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । 

यस्तै घटनामा संलग्न पक्षलाई तत्काल कानूनी दायरामा ल्याई सार्वजनिक गर्न र कानूनबमोजिम कारवाही गर्न पनि माग गरिएको छ । 

संगठनले प्रहरीले हिंश्रक दमन गरेको भन्दै ध्यानाकर्षण पनि जनाएको छ । आफ्ना मागहरू सम्बोधन नभए देशभरका सुकुम्वासी, भूमिहीन, व्यवस्थित बसोबासीहरू आन्दोलन हुन बाध्य हुने संगठनले चेतावनी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्