
सुनसरी इटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समीर गुरुङलगायत २ जनालाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त यार्सागुम्बासहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ ।