२५ जेठ २०८३, सोमबार

१५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

१५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक
फाइल तस्वीर।

दशैं बिदाका कारण प्रतिनिधि सभा १५ दिनका लागि स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आवरोधका बाबजुत केही कार्यसूची पारित गरेर प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेसम्मको लागि स्थगित भएको हो । 

भदौ २३ गते अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध कायम राखेको छ । एमालेको अवरोध र नाराबाजीका बाबजुद प्रतिनिधि सभाबाट बजेट प्रतिस्थापन गर्न आएको विनियोजन विधेयक पारित भएको छ । 

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले प्रतिनिधि सभामा सभामुखविरुद्ध नाराबाजी गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्