२८ जेठ २०८३, बिहीबार

लागुऔषध खैरो हेरोइनसहित काठमाडौंबाट ३ जना पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौंबाट ३ जना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित काठमाडौंबाट ३ जना पक्राउ परेका छन् ।  टोखा नगरपालिका–११ ग्रीनल्याण्ड ओमप्लाजामा रहेको  टेकनाथ न्यौपानेको  चार तले घरको तेस्रो तलामा डेरा गरी बस्ने यादव कार्कीसहित तीन जना पक्राउ परेका हुन् ।

कोठामा केही मानिसहरुले लागुऔषध खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी बृत महाराजगंजबाट खटिएको टोलीले लागुऔषध हेरोइन ८४ ग्राम र नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्कीसहित दल बहादुर विक र नयन बिक रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्