३० जेठ २०८३, शनिबार

एक महिला आफ्नै घरमा मृतावस्थामा फेला

एक महिला आफ्नै घरमा मृतावस्थामा फेला

दाङमा आज एक महिला आफ्नै घरमा मृतावस्थामा फेला परेकी छन् । राप्ती  गाउँपालिका–१ की ३६ वर्षीया देवी गुरुङ आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

मृतकको शव लमही अस्पतालमा परीक्षणपछि आफन्तलाई आज नै जिम्मा लगाइएको  प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्