काठमाडौँ महानगरको आठतले भवन बन्ने

काठमाडौँ महानगरको आठतले भवन बन्ने

काठमाडौँ महानगरपालिकाको आठतले केन्द्रीय भवनको शिलान्यास भएको छ ।


Advertisement

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टेकु (हाल वातावरण विभाग रहेको ठाउँ)मा भूमिगत तलासहितको आठतले भवन शिलान्यास गरेका हुन्।


Advertisement

सो भवन कुल तीन ३ हजार ८३ दशमलव ८२ वर्ग फुट क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । भवन ६ हजार ६८३ दशमलव ३३ वर्गमिटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउन्ड कभरेज ४० प्रतिशत हुनेछ । भवनमा १० जना क्षमताका दुईवटा लिफ्ट जडान हुनेछन् । भवन २०८० साल असोज मसान्तसम्ममा निर्माण सम्पन्न भइसक्नेछ ।

समानान्तर निर्माण सेवा प्रालिले ६९ करोड ५८ लाख १९ हजार ३५९ रुपियाँमा भवन निर्माणको जिम्मा पाएको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालिले संयुक्त रूपमा तयार पारेको हो ।
शिलान्यासपछि प्रमुख शाक्यले भने, “सुरुमा हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौँ तर मुद्दा–मामिलामा अल्झिनुपरेकाले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौ ।” मुद्दा किनारा लागेपछि भवनलाई पुनर्निर्माण गरिने उनले भने । गोरखापत्र दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्