
न्यूून विद्यार्थी भएका विद्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराएर भौतिक रूपमा विद्यालय सञ्चालन गरिनु सान्दर्भिक हुने शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् ।
कोरोना सङ्क्रमण न्यूून भएका तथा विद्यालयमा एक सय जनाभन्दा कम विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई अब स्वास्थ्य सुरक्षालाई विचार गरी भौतिक रूपमै सञ्चालन गर्नुपर्ने सरोकारवाला पक्षको सुझाव छ । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी न्यूून विद्यार्थी भएको र जोखिमसमेत नभएको विद्यालयलाई दशैँलगतै विद्यालय सञ्चालका लागि प्रेरित गर्नुपर्ने विचार व्यक्त गरे ।
धेरै जिल्लामा दशैँअघि पनि विद्यालय खुलेको र दशैँपछि पूर्ण रूपमा खुला हुने विश्वास उनले व्यक्त गरे ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण थापा जोखिमको अवस्था हेरी अब विद्यालय सञ्चालन गरिनुपर्ने र सरकारले आफ्नो अनुगमनको पाटो सशक्त बनाउनुपर्ने विचार व्यक्त गरे । गोरखापत्रमा खबर छ ।