
पछिल्लो २४ घन्टामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९४ नमूना परीक्षणमध्ये ३२६ पीसीआर र ३९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार २६१ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ६०९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ७८ हजार ३५० पुगेको छ ।
हाल मुलुकभर १४ हजार २६७ सक्रिय संक्रमित छन् ।