२६ जेठ २०८३, मंगलबार

साफको फाइनलमा पुगेको भन्दै नेपाली टोलीलाई राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

साफको फाइनलमा पुगेको भन्दै नेपाली टोलीलाई राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

साफ फुटबल प्रतियोगितामा फाइनलमा पुगेको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । 

साफ इतिहासमा पहिलोपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएको भन्दै भण्डारीले खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन गरेकी हुन् । 

उनले ट्वीटरमा लेखेकी छन्, ‘फाइनल प्रतिस्पर्धामा समेत सफलताको लागि अग्रिम शुभकामना दिन चाहन्छु ।’

बुधवार भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाल र बंगलादेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्