

कैलाली, असार ६ - गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रहरी सुधार कार्ययोजना केही दिनमै सार्वजनिक गर्ने बताउनु भएको छ ।
कैलालीको धनगडीमा क्षेत्रिय सुरक्षा गोष्टी उदघाटन गर्दै, आज मन्त्री शर्माले निर्वाचन सफल पारेमा सुरक्षा निकायको उचित मुल्यांकन हुने बताउनु भयो ।
यसैगरी उहाँले विभिन्न जिल्लाहरुको चुनावी निरीक्षण र सुरक्षा प्रतिनीधीहरुसँगको अन्तरकृयाले दोस्रो चरणको निर्वाचन पनि शान्ति पुर्वक सम्पन्न हुने निष्कर्ष निकालेको बताउनु भयो ।
साथै उहाँले एउटा जिल्लामा उम्मेदवारी दर्ता गर्ने दलले अन्य स्थानमा विरोध प्रर्दशन गरेको न सुहाउने पनि बताउनु भयो ।
मन्त्री शर्माले दलहरुबिच प्रतिस्पर्धात्मक कलह देखिएमा कुशलतापुर्वक सहजीकरण गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भयो ।
उहाँले जनताको मतदान गर्ने उत्साह र अधिकारको कदर गर्दै भौगोलिक तथा प्रतिकुल मौसमसँग पनि सामना गर्न सकिने बताउनु भयो । गोष्टीमा गृह सचिव लोक दर्शन रेग्मी, निर्वाचन आयुतm सुधीर शर्मा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, नेपाली सेनाका बलाधिकृत रती बलदेवराज महत, सुदूर–पश्मिका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिती थियो ।