०६ साउन २०८३, बुधबार

विजयादशमीको दिन कस्तो रहन्छ तपाईंको भाग्य ? पढ्नुहोस् राशिफल

विजयादशमीको दिन कस्तो रहन्छ तपाईंको भाग्य ? पढ्नुहोस् राशिफल

मेष 

आफन्तहरूले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पार्नेछन् । श्वास-प्रश्वासमा समस्या आउन सक्नेछ ।

वृष

नयाँ सम्बन्ध नजोडेको नै राम्रो रहला । नयाँ कार्यको थालनी अधुरै रहला । शरीरमा आलस्यता र मानसिक चिन्ता बढ्न सक्छ । चोटपटकको भय र ज्वरो आउन सक्ने सम्भावना अधिक छ ।

मिथुन

मन अशान्त रहनेछ । बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल प्रयासलाई नै प्राथमिकता दिनुहोला । परिवारमा नयाँ खुशी आउनेछ ।

कर्कट

नयाँ कामको प्रस्ताव आउनेछ ।  कामले जीवनशैली व्यस्त रहनेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

सिंह

गरिरहेका कार्यमा सामान्य परिवर्तनको योग रहेको छ । परिवारमा असहज परिस्थितिलाई सहज तुल्याउन तपाईंको अग्रसरता उत्तम रहने छ ।

कन्या

शाहाकारी भोजन गर्दा  बुद्धिमानी ठहरिला । उच्च पदमा,  प्रतिष्ठामा  शुभ फल पाइनेछ ।  व्यापार-व्यवसायमा त्यति राम्रो देखिने छैन ।  प्रेम र मित्रताको बन्धनमा दूरी बढ्नसक्नेछ । 

तुला

आमाको स्वास्थ्य कमजोर रहनाले त्यसप्रति चिन्ता बढ्नेछ । शरीरले दु:ख पाइनेछ र मनमा निराशा छाउन सक्छ । स्टाफ र अन्य कर्मचारीको सहयोग लिँदा काममा  हौसला मिल्नेछ ।

वृश्चिक

यात्रा मनोञ्जनपूर्ण देखिएको छ । परिवारिक साथ-सहयोग मनग्यमात्रामा प्राप्त रहनेछ । व्यापार-व्यवसायमा अधिक लगानी नगरेकै नै राम्रो रहनेछ । टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ ।

धनु

बौद्धिक व्यक्तित्वहरूको सामु आफू कमजोर भएको महशुस रहनेछ । आफ्नो सामान्य लापरवाहीले तपाईंका माल सामानहरू गुम्नसक्ने सम्भावना रहेको छ । अरूका लागि समय खर्चनुपर्ला । 

मकर

व्यवसायमा उतारचढाव आएपनि  मेहनतले आर्थिक उन्नति हुनेछ ।  आफन्तमा मतभेद रहनेछ । तार्किक क्षमतामा गिरावट आउनेछ ।  नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नुपर्ला ।

कुम्भ

आत्मीयजनसँग बिछोडिनु पर्दा  मन दु:खित बन्नेछ ।  प्रतिकूल स्वास्थ्यका बावजुद कामको चाप  बढ्नेछ । व्यावहारिक समस्या सुल्झाउन ऋणको बोझ उठाउनु पर्ला। इच्छा तथा आकांक्षाहरू पूरा हुनेछन् । 

मीन

कुनै शुभ कर्म गर्नुपूर्व अथवा यात्रामा जानुअघि गणेशजीको स्मरण गर्नाले राम्रो फल मिल्नेछ । घरबाट रिसाएकाहरू सम्पर्कमा नजिकिनेछन् ।

ज्यो.पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)
[email protected]

salt training

कमेन्ट गर्नुहोस्