०८ साउन २०८३, शुक्रबार

चिनियाँ युवतीहरू किन लोभिए योगप्रति ? (फोटो फिचर)

कात्तिक २०, २०७४
चिनियाँ  युवतीहरू किन लोभिए योगप्रति ? (फोटो फिचर)

काठमाडौं, ६ असार– दक्षिण छिमेकी भारतका योगगुरु रामदेवको योगा नेपाल लगायत अन्य मुलुकमा लोकप्रिय भइरहेका बेला छिमेकी चीनमा पनि योगप्रतिको आकर्षण ह्वात्तै बढेको छ ।



चिनियाँ सञ्चार संस्था सिन्ह्वाले बिहीवार ट्विटरमा सम्प्रेषण गरेको एक तस्वीरमा चीनको जिआङ्सी उपत्यकामा सुन्दर युवतीहरू तलाउमाथिको एउटा फड्केमा योग अभ्यास गरिरहेको देख्न सकिन्छ । उसो त सन् २०१४ मा चीनमा एक विशेष कार्यक्रम आयोजना भएको थियोे जसमा ५ सय ५ गर्भवती महिलाहरूले सामूहिक योग गरेर ‘विश्व रेकर्ड’ समेत कायम गरेका थिए ।



प्याजी रङको लामो पहिरनमा उनीहरूले योग गरेको दृश्य वास्तवमै अनुपम देखिन्थ्यो । दक्षिण एसियाली देशहरूमा प्रायः वृद्धवृद्धाहरूले स्वस्थ बन्नका लागि योग गर्ने गरेको भएतापनि चीनमा भने प्रायः युवतीहरू नै योगमा आकर्षित भएको देख्न सकिन्छ ।



स्वस्थ शरीर बनाउन र सुन्दरता कायम राख्न चिनियाँ युवतीहरू योगमा आकर्षित भएको बताइन्छ । विभिन्न अवसरहरूमा चीनका राज्य सरकारहरूले आफ्ना सेना र प्रहरीलाई समेत योग अभ्यास गराउने गरेका छन् । 




salt training

कमेन्ट गर्नुहोस्