
सिराहाको नरहा गाउँपालिका–३ स्थित इनारमा एक युवकको शव फेला परेको छ ।
शुक्रवार राति झिझिया नाच हेर्न गएका गोलबजार नगरपालिका–८ का २० वर्षीय शत्रुधन महतो मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाका अनुसार सो इनारमा तीन जना मान्छे खसेका थिए । दुई जना भने निस्कन सफल भएको उनले बताए ।
‘धेरै भीडभाड थियो, त्यतिबेला खसेको हुन सक्छ,’ उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’
महतोको शव इनारबाट निकालेर पोष्टमार्टमका लागि पठाइएको छ ।