सिद्धार्थ राजमार्गमा जीप दुर्घटना हुँदा ३ घाइते

सिद्धार्थ राजमार्गमा जीप दुर्घटना हुँदा ३ घाइते

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका २ मा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।


Advertisement

गुल्मीको हर्मिचौरबाट बुटवल जाँदै गरेको लु ३ च ४१९१ नम्बरको जीप शनिवार साढे १२ बजेतिर जिरो किमी नजिकै सडकदेखि १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।


Advertisement

दुर्घटनामा जीपमा सवार ५ जनामध्ये गुल्मीको  कालीगण्डकी गाउँपालिका वडा १ का ३३ वर्षका रमेश पाण्डे, ३६ वर्षीया सिर्जना भण्डारी, ३० वर्षका झविन्द्र न्यौपाने घाइते भएका हुन् । उनीहरूको गल्याङ स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको गल्याङ ट्राफिक पोस्टका हवल्दार मदन तिमिल्सिनाले जानकारी दिए । जीपमा सवार अन्य २ को अवस्था सामान्य छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्