×

NMB BANK
NIC ASIA

तौथलीको दही छ्याप्ने जात्रा सम्पन्न

असोज ३०, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित तौथलीमा सम्पन्न भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

विजयादशमीको भोलिपल्ट एकादशीका दिन दशैं सकिएको संकेत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी भगवतीलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ जात्रा मनाउने गरिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बडादशैंको नवमीको रात मीन अर्थात माछाको पूजा गरी मनाइने र एकादशीका दिन खड्ग जात्रापछि अन्तिममा दही छ्यापेर मनाइने जात्रा अन्यत्र कतै नमनाइने गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए ।


Advertisment
Nabil box
Kumari

तेह्रौं शताब्दीमा मल्लकालदेखि शुरू भएको जात्रा गत वर्ष कोरोना महामारीका कारण बन्द गरिएको थियो । जात्रामा निकै टाढाबाट आएका करीब ६ हजार मानिसको उपस्थिति थियो । 

Vianet communication
Laxmi Bank

विगतका वर्षमा १ लाख ५० हजार रुपैयाँको दही खरीद गरी दहीको भल बग्ने गरी मनाइएकामा यस वर्ष ५० हजार रुपैयाँको दही खरीद गररेर त्यही दही छ्यापाछ्याप गरेर मनाइएको अध्यक्ष श्रेष्ठले बताए ।

द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डवहरुले जुवा हारेपछि १२ वर्ष वनबास र १ वर्ष गुप्तवास बसेका महाभारतमा उल्लेख छ । उनीहरू गुप्तवास बसेको ठाउँ दोलखा भएको पनि बताइन्छ । गुप्तवास बस्दा अरुले चिन्ने डरले उनीहरूले सांकेतिक भाषा प्रयोग गर्ने गरेका ऐतिहासिक तथ्यहरूमा भेटिन्छ । 

दोलखा र तौथली डाँडावारि र पारि पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दोजुल्दो छ । दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथलीबाहेक नेपालका कुनै पनि स्थानमा बोलिदैन र बुझ्न पनि कठिन पर्ने स्थानीयको धारणा रहेको पाइन्छ । त्यसैले त्यसै समयदेखि यो जात्राको पनि परम्परा जोडिँदै आएको बताइन्छ । – राम केसी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x