मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध
गएरातिको बाढीले मेलम्ची नवलपुर पाँचपोखरी जाने ह्युम पाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध भएको छ । फट्टेमा बनाइएको अस्थायी पुलमा पनि सामान्य क्षति भएको छ । तस्वीर: देवराज सुवेदी, रासस

गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ ।


Advertisement

गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएको थियो ।


Advertisement

मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए ।

उनले  मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताए । यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिएका छन् । हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताए ।


Advertisement

असार १ र साउन १६ गते आएको बाढीका कारण  सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्