
सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका–१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।
आज बिहान करीब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्रयाक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताए ।
ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।