
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतवार बिहान अस्पतालमा भर्ना गरिएको हो ।
एक्कासि दम बढेर छातीमा पीडा भएपछि उनलाई अस्पताल लगिएको हो ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रित भएर उपचार जारी छ ।
अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको र सो क्रममा सामान्य दागसमेत देखिएको अस्पतालको भनाइ छ ।
नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतवार बिहान उनीमा देखिएको समस्या गम्भीर भने नरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।