
पछिल्लो २४ घण्टामा देशभर थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ८ हजार ७७ जनामा कोरोना परीक्षण गर्दा आरटी–पीसीआर विधिबाट ३८५ र एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाले थप ६ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार २८४ पुगेको मन्त्रालयले जनाएको छ ।