२२ जेठ २०८३, शुक्रबार

दशैंको टीका र जमरा लगाउने क्रम जारी, काठमाडौंमा बढ्यो चहलपहल

असोज ३१, २०७८
दशैंको टीका र जमरा लगाउने क्रम जारी, काठमाडौंमा बढ्यो चहलपहल
प्रतिकात्मक तस्वीर

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आइतवार पनि जारी छ ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरू भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

यस वर्ष कात्तिक २ गते मंगलवार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादशैं समाप्त हुन्छ । बडादशैं मनाउन काठमाडौं उपत्यकाबाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ ।

यससँगै सुनसान बनेको काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ । टाढा–टाढा आफन्त एवं मान्यजन हुनेहरू अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्