२९ जेठ २०८३, शुक्रबार

बंगलादेशमा हिन्दूहरूमाथिको आक्रमण योजनाबद्ध भएको त्यहाँका गृहमन्त्रीको भनाइ

कात्तिक १, २०७८
बंगलादेशमा हिन्दूहरूमाथिको आक्रमण योजनाबद्ध भएको त्यहाँका गृहमन्त्रीको भनाइ

बंगलादेशका गृहमन्त्रीले दुर्गा पूजा पण्डालहरूमा भएको आक्रमण पूर्व नियोजित भएको र त्यसको तयारी लामो समयदेखि गरिएको बताएका छन् । 

देशमा साम्प्रदायिक सद्भाव भत्काउनका लागि यसो गरिएको उनको भनाइ छ । 

गृहमन्त्री अस्दुज्जमां खानले बताए, ‘एक समूहले निहित स्वार्थका साथ हिंसा चर्काएको हो । कोमिल्ला, रामु र नासिरनगरमा साम्प्रदायिक हिंसामार्फत देशलाई अस्थिर बनाउने कोशिश गरिएको हो ।’

आफूहरूसँग बलियो प्रमाण् जम्मा भएपछि अपराधीहरूलाई कठोर सजाय दिने उनले बताए । 

बंगलादेशमा शुक्रवार कुरानको अपमान गरिएको भन्दै दुर्गा पूजा पण्डाल र हिन्दू मन्दिरहरूमा आक्रमण गरिएको थियो । इस्कोन मन्दिरमा तोडफोड पनि गरिएको थियो । 

त्यसपछि भड्किएको हिंसाका क्रममा हिन्दू समुदायको घर र पसललाई तारो बनाइएको थियो । 

हिंसाका कारण जनधनको क्षति भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्