१४ असार २०८३, आइतबार

माओवादी केन्द्रको सम्मेलनको तालिकामा हेरफेर, सदस्यता नवीकरणको म्याद कात्तिक २५ सम्म थप

कात्तिक २, २०७८
माओवादी केन्द्रको सम्मेलनको तालिकामा हेरफेर, सदस्यता नवीकरणको म्याद कात्तिक २५ सम्म थप

नेकपा (माओवादी केन्द्र)ले सम्मेलनको तालिकामा हेरफेर गरेको छ । 

मंगलवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो । 

बैठकले पार्टी सदस्यता नवीकरणका लागि कात्तिक २५ गतेसम्म म्याद थप गरेको छ । 

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थप गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । 

उनले १४९ जनाको सल्लाहकार समिति बनाउने निर्णय भएको, ९९ जनाको ज्येष्ठ कम्युनिष्ट मञ्च बनाइएको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग बनाइएको, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको र १७५ जनाको विशेष समिति बनाइएको पनि बताए । 

‘भूगोलभन्दा बाहिर काम गर्ने साथीहरूको विशेष समिति १७५ जनाको बनाइएको छ, पार्टीमा प्रवेश गरेका विभिन्न सांगठनिक कुराहरूको बारेमा पनि छलफल भएको छ,’ उनले भने, ‘यसमा कार्यदलले एउटा प्रतिवेदन प्रस्तुत गरेको छ, प्रतिवेदनमा विभिन्न ४५ साना ठूला दलहरूले निर्णय गरेका छन्, त्यस निर्णयअनुसार कार्यदलले गरेको छलफललाई अनुमोदन गरेको छ ।’

माओवादी केन्द्रको अर्को स्थायी कमिटी बैठक कात्तिक ४ गते बिहीवार बिहान ८ बजे बस्ने प्रवक्ता महराले बताए । 

salt training

कमेन्ट गर्नुहोस्