२१ जेठ २०८३, बिहीबार

पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते

कात्तिक २, २०७८
पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते
सांकेतिक तस्वीर।

डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले एक जनाको मृत्यु भएको जानकारी दिए । 

यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्