
सरकारले बाँकेको नेपालगन्जमा भएका दुई महिलाको रहस्यमयी हत्या छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरेको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
समितिमा नेपाल प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, कानून मन्त्रालयका उपसचिव र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत मोहमद शेर वागवान सदस्य छन् ।
घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित नेपालगन्जकी महिला अधिकारकर्मी रुबी खान लगायत महिला काठमाडौंमा अनशनरत छन् ।
सरकारले छानबिन टोली गठन गरेलगत्तै बाँकेबाट हिँड्दै काठमाडौं आएर अनशनमा बसेका रुबी खानलगायतले अनसन तोड्ने तयारी गरेका छन् ।