३१ जेठ २०८३, आइतबार

रुबी खानले तोडिन् अनशन

कात्तिक २, २०७८
रुबी खानले तोडिन् अनशन

काठमाडौंमा अनशनरत बाँकेकी महिला अधिकारकर्मी रुबि खानले अनशन तोडेकी छन् । 

सरकारले नेपालगन्जमा भएका दुई महिलाको रहस्यमयी हत्या छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि उनले अनशन तोडेकी हुन् । 

रुबीलाई मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएका थिए । 

गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरेका हुन् । 

समितिमा नेपाल प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, कानून मन्त्रालयका उपसचिव र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत मोहमद शेर वागवान सदस्य छन् । 

घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित महिला अधिकारकर्मी रुबी खानसहितको टोली नेपालगञ्जबाट कठिन पैदल यात्रा गर्दै काठमाडौं आएको थियो ।

 


salt training

कमेन्ट गर्नुहोस्