३० जेठ २०८३, शनिबार

कुन जिल्लाका भूकम्पपीडितलाई कति ट्याक्सी, आजदेखि वितरण

कात्तिक २०, २०७४
कुन जिल्लाका भूकम्पपीडितलाई कति ट्याक्सी, आजदेखि वितरण

काठमाडौं, ७ असार - सरकारले १४ जिल्लाका एक हजार पाँच सय भूकम्पपीडितलाई बुधबारदेखि ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भएको छ । यातायात व्यवस्था विभागले ललितपुरको च्यासल फुटबल ग्राउन्डमा सर्वसाधरणकै उपस्थितिमा गोला प्रथा गरी तीन दिनसम्म नम्बर वितरण गर्न लागेको हो ।

विभागले ट्याक्सी नम्बर प्लेट वितरण तीनदिन वितरण गर्ने कार्यतालिका बनाएको छ । विभागका प्रवक्ता टोकराज पाण्डेले पहिलो दिन बुधबार अर्थात् असार ७ गते काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोला प्रथाबाट ट्याक्सी नम्बर वितरण गरिने जानकारी दिए । यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४८ हजार नौ सय ६५ जनाले आवेदन दिएका छन् ।

यसैगरी दोस्रो दिन बिहीबार अर्थात् असार ८ गते दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पाँच सय १३ जनालाई पनि गोला प्रथाबाट नै ट्याक्सी नम्बर वितरण गरिनेछ । यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ५१ हजार तीन सय १२ जनाको आवेदन परेको छ ।

यसैगरी गोला प्रथाको अन्तिम दिन असार ९ गते अर्थात् शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका चार सय ९६ जना भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण हुने भएको छ । यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार तीन सय ११ जनाले आवेदन दिएका छन् ।
विभागले सबै आवेदकलाई एउटै बाकसमा हालेर गोला प्रथा गर्न असम्भव भएकाले जिल्लाअनुसार कोटा निर्धारण गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्