२८ जेठ २०८३, बिहीबार

ग्लोबल आईएमई बैंकमा खाता खोल्दा सहयात्री सिमकार्ड सित्तैमा

कात्तिक २, २०७८
ग्लोबल आईएमई बैंकमा खाता खोल्दा सहयात्री सिमकार्ड सित्तैमा

ग्लोबल आईएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाला ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटा सहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलवार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली एवं उनीहरूका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीले ग्लोबल आईएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् । 

सहयात्री सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुनेछ । सहयात्री सिमकार्डमा २० रुपैयाँ मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टक टाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ । 

सिम सञ्चालन गरिएको २ दिनभित्र १०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइने जनाइएको छ । 

सहयात्री सिमकार्ड प्रयोगकर्ताले १ वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवं मध्यपूर्वी राष्ट्रमा कल गर्दा अतिरिक्त छुट पनि प्राप्त गर्नेेछन् । 

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजना ल्याई आफ्ना ग्राहकलाई विस्तारित बैंकिङका साथसाथै अन्य सेवाहरू प्रदान गर्दै आएको छ । 

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करीब ८४० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्