२४ जेठ २०८३, आइतबार

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने मुख्य अभियुक्त पक्राउ

कात्तिक २, २०७८
औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने मुख्य अभियुक्त पक्राउ

रुपन्देहीको मोतीपुरमा निर्माणाधीन औद्यौगिक क्षेत्रको जग्गा अतिक्रमण (कब्जा) गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने लगायतका काममा संलग्न भएको भन्दै प्रहरीले ४४ वर्षिय साविर अलि मुसलमानलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थायी घर भइ हाल रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नम्बर ११ देवीनगरमा बस्दै आएका उनलाई मुख्य अभियुक्तको रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सोमबार अलि बस्दै आएको देवीनगरस्थित उनकै डेराबाट पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।  
पक्राउ परेका अलिलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्तको साथबाट प्रहरीले ३ थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश गौरबको आयोजनाका रुपमा रहेको मोतीपुर औद्योगिक क्षेत्रमा गएको असोज २४ गते जग्गा कब्जा गर्न आएका व्यक्तिहरु र सुरक्षाकर्मी बीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका थिए । भने, ५० भन्दा बढी घाइते छन् । अहिले मोतिपुर क्षेत्र त्रसित छ । अतिक्रमणका क्रियाकलाप बढेपछि त्यस क्षेत्रमा अहिले पनि कडा रुपमा सुरक्षा परिचालन गरिएको छ ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए । करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । २०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप–महानगरपालिका वडा नम्बर १६ र १८ सहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।

salt training

कमेन्ट गर्नुहोस्