×

Dabur
MG

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने मुख्य अभियुक्त पक्राउ

कात्तिक २, २०७८

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

रुपन्देहीको मोतीपुरमा निर्माणाधीन औद्यौगिक क्षेत्रको जग्गा अतिक्रमण (कब्जा) गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने लगायतका काममा संलग्न भएको भन्दै प्रहरीले ४४ वर्षिय साविर अलि मुसलमानलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थायी घर भइ हाल रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नम्बर ११ देवीनगरमा बस्दै आएका उनलाई मुख्य अभियुक्तको रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सोमबार अलि बस्दै आएको देवीनगरस्थित उनकै डेराबाट पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।  
पक्राउ परेका अलिलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्तको साथबाट प्रहरीले ३ थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

yONNEX
Sagarmatha Cement

प्रदेश गौरबको आयोजनाका रुपमा रहेको मोतीपुर औद्योगिक क्षेत्रमा गएको असोज २४ गते जग्गा कब्जा गर्न आएका व्यक्तिहरु र सुरक्षाकर्मी बीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका थिए । भने, ५० भन्दा बढी घाइते छन् । अहिले मोतिपुर क्षेत्र त्रसित छ । अतिक्रमणका क्रियाकलाप बढेपछि त्यस क्षेत्रमा अहिले पनि कडा रुपमा सुरक्षा परिचालन गरिएको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए । करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । २०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप–महानगरपालिका वडा नम्बर १६ र १८ सहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

राजस्व छलीको आशंकामा भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको 'सीजी कर्प ग्लोबल'को जयपुर कार्यालयमा छापा हानेको छ ।  नेपालका खर्बपति व्यापारी च...

असोज १०, २०८०

नेकपा (एमाले)को बागमती प्रदेश अधिवेशनमा सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास अहिलेसम्म सफल भएको छैन । सर्वसम्मत् नेतृत्व चयनका लागि बिहानैदेखि प्रयास गरे पनि दिउँसोसम्म सहमति हुन सकेको छैन ।  एकातिर सर्वसम्...

असोज १०, २०८०

काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई धरपकड गरेको विरोधमा निरन्तर उभिएर आन्दोलनरत अभियन्ता ईः को स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । ९ दिनदेखि उभिइरहेका उनको खुट्टा सुन्निएको छ भने शरीरमा पनि खटिराहरू दे...

असोज १०, २०८०

एमाले बागमती प्रदेश अधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय परिसरको तुलसीलाल स्मृति प्रतिष्ठानमा मतदाता नामावली प्रकाशन भएको हो । बागमतीको ...

असोज १०, २०८०

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) छोङ्छिङ्बाट ल्हासा पुगेका छन् । सिछ्वान एअरलाइन्समार्फत् स्थानीय समयानुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको...

असोज १०, २०८०

गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।  ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x