
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहाला नजिक बसले माइक्रोलाई ठक्कर दिँदा अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको छ ।
आज दिउँसो ३ः३० बजे दुई सवारी साधन एकापसमा ठक्कर खाँदा अवरुद्ध बनेको राजमार्ग साँझ ६ः३० मा सञ्चालनमा आएको हो । अवरुद्ध राजमार्ग स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा खुलाइएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।