२२ जेठ २०८३, शुक्रबार

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, २०७८
शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन
फाइल फोटो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली २०५७ (नवौं संशोधन) २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तिको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्च अधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

राज्यमन्त्री बोधमाया कुमारी यादवका साथ ब्रिफिङ लिने क्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी लगायतलाई मन्त्री पौडेलले निर्देशन दिए ।

नियमावलीमा रहेका नियुक्ति प्रक्रिया ऐन, कानून तथा शिक्षक समुदायको सहमतिबमोजिम योग्यता, अध्यापन अनुमतिपत्र लगायत विषयमा सहजीकरणका लागि संशोधन गर्न लागिएको छ ।

मुलुकभर करीब ५४ हजार शिक्षक दरबन्दी अभाव रहेकामा आयोगले हाल करीब १८ हजार शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्