२१ जेठ २०८३, बिहीबार

जंगली हात्तीले कुल्चेर पतिपत्नीको मृत्यु

कात्तिक ३, २०७८
जंगली हात्तीले कुल्चेर पतिपत्नीको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जंगली हात्तीले कुल्चेर पतिपत्नीको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी पत्नी ४५ वर्षीया मथुरा कार्कीको हात्तीले कुल्चिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गाउँमा हात्ती पसेपछि भाग्ने क्रममा कार्की दम्पतीलाई घरको आँगनमै हात्तीले कुल्चेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्