जेठ १०, २०७९
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ९१२ मतपत्र गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यद्यपि मतान्तर बढी भएका कारण भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विज...
काठमाडाैं | कात्तिक ३, २०७८
मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ ।
विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा ७, धनकुटामा ५, सुनसरीको धरानमा २, कालीकोटमा १ र डडेल्धुरामा १ जनाको मृत्यु पुष्टि भएको छ ।
नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जिल्लाको चौबीसे गाउँपालिका–१ छनम बुधबारेमा मंगलवार राति पहिराले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा ६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार पहिरोमा परेका १२ मध्ये ६ जनाको उद्धार गरिएको छ ।
महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३ जना सम्पर्कविहीन रहेका जानकारी आएको बताए । कैलालीमा पनि ४ जना बेपत्ता भएका छन् ।
पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा ७ घरका २३ सम्पर्कविहीन भएका हुन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आउन सकिरहेको छैन ।
हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतवारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ । उनले खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा मंगलवार राति पहिरो झरेर १ घर पुरिएको र त्यहाँ रहेका ६ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताए ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढीपहिरोका कारण ४ सम्पर्कविहीन भएका र उनीहरूको खोजी जारी छ । जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिए । अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन । अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि ३ वटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिए ।
जिल्लामा फसेका नौको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्याइएको गृह मन्त्रालयले जनाएको छ ।
प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवा समेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिए ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कार्यलाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिए । अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत नराम्ररी प्रभावित बनाएको छ ।
बुधवार भने वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कणाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।
जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधवार दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । – नारायण ढुङ्गाना/रासस
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ९१२ मतपत्र गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यद्यपि मतान्तर बढी भएका कारण भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विज...
सौन्दर्य प्रतियोगिताको आडमा युवती बलात्कार भएको घटनाले झण्डै ८ वर्षपछि सिंगो देशलाई तरंगित बनाएको छ । पीडित युवतीले टिकटकमार्फत शृंखलाबद्ध भिडियो सार्वजनिक गर्दै आफूमाथि भएको अत्याचारको पर्दाफास गरेकी थिइन् ...
राष्ट्रिय सभाकी सांसद् विमला राई पौड्यालले बलात्कार मुद्दामा हदम्यादसम्बन्धी व्यवस्था हटाउने कानून ल्याउन माग गरेकी छिन् । तीन दिन या ५ दिनमा पास गर्नेगरी संसद्मा विधेयक ल्याउन उनले गृहमन्त्री बालकृष्ण खाँणलाई आग्र...
सरकारले आज (मंगलवार) आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तु...
कहिले स्वतन्त्र त कहिले दलबाट उठेर लगातार १० पटकसम्म वडाध्यक्ष बनेका ललितपुरका ८१ वर्षीय नरसिंह व्यञ्जनकार आफ्नो ११ औं प्रयासमा असफल भए । ललितपुर महानगरपालिका वडा नम्बर १० (कुपण्डोल)बाट स्वतन्त्र उम्मेदवार बनेका...
काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्रा...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...