२१ जेठ २०८३, बिहीबार

भगवान् बुद्धको महापरिनिर्वाण भएको स्थान कुशीनगरमा बन्यो अन्तर्राष्ट्रिय विमानस्थल

कात्तिक ३, २०७८
भगवान् बुद्धको महापरिनिर्वाण भएको स्थान कुशीनगरमा बन्यो अन्तर्राष्ट्रिय विमानस्थल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा रहेको कुशीनगरमा बुधवार अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । 

कुल २६० करोड भारुमा बनेको यो विमानस्थलबाट नोभेम्बर महिनादेखि नियमित उडान शुरू गरिनेछ । यो उत्तर प्रदेशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । 

कुशीनगर अन्तर्राष्ट्रिय तीर्थस्थल हो । त्यहाँ भगवान् बुद्धको महापरिनिर्वाण भएको थियो । 

यो बौद्ध परिपथमा पर्ने तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीहरू लुम्बिनी, सारनाथ, गया र कुशीनगरमा पुग्ने गर्छन् । 

कुशीनगर विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको राजधानी कोलम्बोका लागि हुनेछ । पहिलो उडानमा १२५ जना गण्यमान्य व्यक्ति र बौद्ध भिक्षुहरू रहनेछन् । 

यस विमानस्थलमार्फत संसारभरिका बौद्धहरूलाई भगवान् बुद्धको महापरिनिर्वाणस्थल पुग्न सहजता हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्