×

NMB BANK
NIC ASIA

पीडामा किसान

बेमौसमी झरीले बेहाल– वर्षभरीको मेहनत स्वाहा, खेतमै उम्रियो भित्र्याउन तयार पारेको धान !

प्रदेश सरकारसँग छैन किसानलाई सम्बोधन गर्ने योजना

कात्तिक ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अन्नको भण्डारका रूपमा चिनिने लुम्बिनी प्रदेशमा तीन दिन देखिको बेमौसमी झरीले धान बालीमा ठूलो नोक्सान पुर्‍याएको छ ।

Sagarmatha Cement
Muktinath Bank

किसानले धान काटेर सुकाएको खेत ताल बनेका छन् । काटेर भित्र्याउन तयार भएको धान कतै बाढी पसेर बगाएको छ भने कतै पूरै डुबेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लहलहाउँदो धान धेरै दिन पानीमा डुबिरहेपछि उम्रिन थालेको छ । मौसम विभागले यस वर्षको मनसुन बाहिरिएको बताएपछि किसान धान काट्न खेतमा पसेका थिए । 


Advertisment
Nabil box
Kumari

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार प्रदेशको झण्डै ३७ हजार हेक्टरमा काटेर सुकाइएको धान कामै नलाग्ने गरी नोक्सान भएको छ ।  

Vianet communication
Laxmi Bank

लुम्बिनी प्रदेश कृषि निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले ३६ हजार ४८० हेक्टर क्षेत्रफलको धान नोक्सान भएको बताए । 

‘लुम्बिनी प्रदेशमा ३ लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको छ । किसानले ५५ हजार हेक्टर क्षेत्रको धान भित्र्यइसकेका थिए,’ देवकोटाले लोकान्तरसँग भने, ‘पानी र हावाहुरीले ५५ हजार हेक्टरको धान ढलाएको छ । बाँकी धान अझै काट्न बाँकी छ ।’ ढलेको धान पनि पानीमा डुबेको छ । 

लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र बर्दियामा धान उत्पादन धेरै हुुने जिल्ला हुुन् । यिनै तीन जिल्लामा पानीले बढी क्षति पुर्‍याएको देवकोटाको भनाइ छ । प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका कृषि ज्ञान केन्द्रबाट क्षतिको तथ्यांक संकलन गरेको थियो । पानी कटान गर्न मिल्ने खेत भए काट्न किसानलाई देवकोटाले आग्रह गरे । सरकारले बीउमा किसानलाई अनुदान दिने गरी छलफल अगाडि बढाएको उनले बताए ।

असोज अन्तिम सातादेखि कार्तिकसम्म धान भित्र्याउने समय हो । रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार, सियारी, शुद्धोधन, सम्मरीमाई, कोटहीमाई, तिलोत्तमा, देवदह, कञ्चनलगायत क्षेत्रका धेरै किसानले खेतमा धान काटेका छन् । यी धानको पकेट क्षेत्र पनि हुन् । 

‘खेतमा धान पूरै पाकेको थियो’ देवदह वडा नम्बर १ की किसान ज्ञानु रोकाले भनिन्, ‘बाढी र वर्षाले कामै नलाग्ने बनायो । वर्षभरीको गुजारा अब कसरी गर्ने ? राज्यले किसानलाई राहत उपलब्ध गराउनुपर्छ ।’ उनले अहिलेसम्म कात्तिकमा यति ठूलो पानी परेर धान बिगारेको थाहा नभएको बताइन् ।

पाल्पाको माडी फाँटमा पनि हावाहुरी सहितको वर्षाले सबै धान लडाएको छ । खेतमा पानीका मूल फुटेका छन् । चिदिपानी, दमकडा, रामपुर, खहरे लगायत धान धेरै राम्रो हुने खेतका सबैजसो धान ढलेको त्यहाँका किसानहरूले बताए । त्यस्तै डुम्रे, दोभानलगायत क्षेत्रमा तिनाउ खोलाको बाढी पसेको तिनाउ गाउँपालिका पाल्पाका प्रवक्ता राजेश श्रेष्ठले बताए । ​

उता दाङमा पनि काटेको धान उम्रिन थालेको छ । ‘काटेको धान उम्रियो’ दाङका किसान हरिराज धितालले भने, ‘धान स्याहार्न नपाउँदै उम्रिन थाल्यो । अब के खाने होला ?’ दाङ जिल्लाका सबैजसो किसानको धान खेतमै छ ।

काटेर सुकाएको धान पानीले भिजेर उम्रिन थालेको छ । लगातार परेको पानीका कारण दाङका १० स्थानीय तहमा भित्र्याउन तयार भएको ३० प्रतिशत धान पूर्णरूपमा क्षति भएको हो । जिल्लाको दंगीशरण गाउँपालिका र राप्ती गाउँपालिकामा करिब १५० हेक्टर धान खेतमा बाढी पस्दा काटेर सुकाएको धान बगाएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए । 

राप्ती गाउँपालिकास्थित राप्ती नदी किनारमा रहेको करीब १५० विघा खेत राप्ती नदीमा आएको बाढीले कटान गरेको छ । जिल्लामा ३९ हजार हेक्टर जमिनमा धान खेती गरिएको थियो । राज्यले क्षति अनुसारको राहत दिनुपर्ने किसानहरूको माग छ । 

बर्दियाको ठाकुरबाबा, गुलरिया, बाँकेको कोहलपुर, नेपालगञ्जलगायत धेरै क्षेत्रमा काटेको धान नष्ट भएको छ । 

पानी परिरहेको चार दिन हुँदा समेत प्रदेश सरकारले किसानको क्षतिबारे अहिलेसम्म स्पष्ट बोल्न सकेको छैन । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पानीले धानमा क्षति पुगेका किसानलाई राहत प्याकेज ल्याउने बताए । 

‘क्षतिको विवरणहरू संकलन भैरहेको छ । क्षतिको आधारमा किसानलाई राहत प्याकेज घोषणा गर्छौं,’ उनले भने, ‘बेमौसमी झरीले किसानलाई दुःख दियो ।’ 

यस वर्ष समयमै पानी परेको प्रदेशमा धान उत्पादन राम्रो भएको थियो । किसानले मल र बीउ पनि सहज रूपमा प्राप्त गरेका थिए ।

अहिले पनि लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा पानी परिरहेको छ । वर्षा अझै केही दिन जारी रहने जल तथा मौसम विभागले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x