०९ साउन २०८३, शनिबार

काठमाडौं ल्याइएका खसीबोका बिक्री नभएपछि गाउँ फर्काइँदै

कात्तिक ३, २०७८
काठमाडौं ल्याइएका खसीबोका बिक्री नभएपछि गाउँ फर्काइँदै

गत वर्षको तुलनामा यस वर्ष दशैंमा खसीबोका कम बिक्री भएपछि बाँकी रहेका खसीबोका गाउँ फर्काउन थालिएको छ । 

दशैंमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरू गाउँ फर्किएपछि खसीबोका बजारमा गत वर्षझैँ बिक्री नहुँदा बाँकी रहेका खसीबोकाहरूलाई व्यापारीहरूले गाउँ फर्काउन थालेका हुन् । 

काठमाडौं उपत्यकामा यस वर्ष मागभन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवराज खतिवडाले बताए । 

उनले कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय व्यापारमा पनि परेको उनको भनाइ छ । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिमा ३५ हजारसम्म खसीबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको बताए । 

‘कोरोना भाइरसको महामारी आएसँगै हरेक क्षेत्रमा यसको असर गरेको छ, पर्यटन क्षेत्र माथि उठ्न नसक्दा व्यापार भएको छैन,’ उनले भने । 

बजार व्यवस्थापक खतिवडाले नेपाल सरकारले बजारको मागअनुसार काम नगरेको भन्दै सरकार पक्षबाट बजारीकरणको व्यवस्था मिलाइनु पर्ने बताए । 

यस वर्ष काठमाडौं उपत्यकामा व्यापारीहरूले ६५ हजार खसीबोका भित्र्याएको बताइएको छ । बिक्री हुन नसकेका खसीबोका भने धमाधम गाउँ फर्काइएको व्यवसायीहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्