१७ असार २०८३, बुधबार

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

कात्तिक ४, २०७८
आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

हाल भारतको बिहारमा  रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहीबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ भने प्रदेश १, बागमती र गण्डकी  प्रदेशहरूका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी  प्रदेशहरूका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक  दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्