३० जेठ २०८३, शनिबार

कोभिडको कारण म्याद थप गर्न नपाएका उद्योगलाई नवीकरण गर्न सरकारले दियो सहुलियत

कात्तिक ४, २०७८
कोभिडको कारण म्याद थप गर्न नपाएका उद्योगलाई नवीकरण गर्न सरकारले दियो सहुलियत

कोभिडको कारण म्याद थप गर्न नपाएका उद्योग नवीकरणका लागि उद्योग विभागले म्याद सहुलियत दिने भएको छ।

म्याद थपका लागि उद्योगीले ३० दिनभित्र विभागमा निवेदन दिनुपर्ने बताइएको छ। 

कोरोना भाइरस कारण सरकारले २०७८ वैशाख १५ गतेदेखि निषेधाज्ञा लगाएको थियो। त्यसबाट उद्योग विभागबाट हुने सेवा अवरुद्ध भएको थियो। अब सेवाग्राहीहरुले २०७८ कात्तिक १ देखि ३० गतेसम्म विभागमा म्याद थपको लागि निवेदन दिन सक्नेछन्। 

जसअनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप गर्न सक्ने बताइएको छ।

यस्तै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ बमोजिम सञ्चालनमा रहेको विदेशी लगानी स्वीकृत भएको उद्योगले त्यस्तो स्वीकृत रकम भित्र्याइ नसकेको भएमा विदेशी लगानीसम्बन्धी कार्ययोजना स्वीकृतिका लागि निवेदन पेश गर्न सक्नेछन्। 

 

salt training

कमेन्ट गर्नुहोस्