३० जेठ २०८३, शनिबार

छोरालाई भेट्न आर्थर रोड जेल पुगे शाहरुख खान (भिडियो)

कात्तिक ४, २०७८
छोरालाई भेट्न आर्थर रोड जेल पुगे शाहरुख खान (भिडियो)

लागूपदार्थ केसमा धरौटीमा रिहा हुन नसकेका आर्यन खानलाई भेट्न शाहरुख खान बिहीवार बिहान आर्थर रोड जेल पुगेका छन् । 

छोरासँग उनले लगभग २० मिनेट समय बिताए । 

बुधवार मुम्बईको सेसन्स कोर्टले आर्यन खानलाई धरौटीमा रिहा गर्न नमिल्ने फैसला सुनाएको छ । 

छोराको विषयमा शाहरुख तीन हप्तादेखि चिन्तित छन् । उनले छोरालाई प्रत्यक्ष भेट्न नपाएको लामो समय बितिसकेकाले अधैर्य भएर आफैं भेट्न पुगे । लगभग २० मिनेट उनी जेलमा बसे अनि त्यहाँबाट निस्के । 

पहिलापहिला शाहरुखले आर्यनसँग भिडियो कलमा कुरा गर्ने गरेका थिए । अहिले चाहिँ उनी आफैं जेलमा छोरा भेट्न पुगेका हुन् ।

शीशाको पर्खालबाट इन्टरकमको सहायताले बाउछोराबीच कुराकानी भएको थियो । कुराकानीका बेलामा चारजना गार्ड पनि उपस्थित थिए । 

शाहरुखलाई जेलमा कुनै विशेष व्यवहार गरिएन । उनको आधार कार्ड लगायतका कागजात हेरियो अनि टोकन दिएर भित्र पठाइयो । 
 

salt training

कमेन्ट गर्नुहोस्