
नेपाली बजारमा बिहीवार सुनको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (बुधवार) सुन प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीवार तेजाबी सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।