३० जेठ २०८३, शनिबार

पाकिस्तानका प्रधानमन्त्रीले उपहारमा पाएको घडी बेचेपछि हंगामा

कात्तिक ४, २०७८
पाकिस्तानका प्रधानमन्त्रीले उपहारमा पाएको घडी बेचेपछि हंगामा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विदेशबाट पाएको उपहार बेचेको घटना सार्वजनिक भएपछि हंगामा भएको छ । 

खाडी मुलुकका एक राजकुमारले इमरानलाई १० लाख डलर पर्ने घडी उपहार दिएका थिए । त्यसलाई उनले गोप्य रूपमा बेचेपछि विपक्षी दलहरूले उनको कठोर आलोचना गरेका छन् । 

प्रधानमन्त्रीले विदेशी उपहार बेचेर सरकारी कोषमा घात गरेको आरोप विपक्षीहरूले लगाएका छन् । 

विदेश भ्रमणमा राष्ट्रप्रमुख तथा संवैधानिक पदमा रहेका अधिकारीहरूबीच उपहार आदानप्रदान हुने गरेको छ । त्यसरी पाएको उपहार सरकारी कोषमा रहिरहन्छ । सरकारले चाहेमा पछि त्यसलाई लिलाम बिक्री गर्न सक्छ । 

पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी तथा पीएमएल–एनकी उपाध्यक्ष मरियम नवाजले ट्वीट गरी लेखिन्, ‘इमरान खानले अन्य देशबाट प्राप्त उपहार बेचेका छन् । खानले सरकारी कोषबाट विदेशी उपहार लुटे । कुनै व्यक्ति यति असंवेदनशील, बहिरो, लाटो र अन्धो कसरी हुन सक्छ ?’

विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टका अध्यक्ष फजलुर रहमानले राजकुमारबाट प्राप्त महंगो घडी प्रधानमन्त्री खानले बेचेको खबर पाएको र यो लज्जास्पद भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्