१३ असार २०८३, शनिबार

भारतले कोरोनाविरुद्ध १ अर्ब खोप लगाएर पायो ऐतिहासिक सफलता

कात्तिक ४, २०७८
भारतले कोरोनाविरुद्ध १ अर्ब खोप लगाएर पायो ऐतिहासिक सफलता

भारतले कोरोनाभाइरसविरुद्ध १ अर्ब खोप लगाएर ऐतिहासिक सफलता प्राप्त गरेको छ । 

अहिले भारतमा १८ वर्षभन्दा माथिका ७४.९ प्रतिशत मानिसले कम्तीमा एउटा डोज लगाइसकेका छन् भने ३०.९ प्रतिशतले दुवै डोज लगाएका छन् । 

देशमा कोभिड–१९ खोपको आँकडा एक अर्ब पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले ट्वीटमा लेखे, ‘यो उपलब्धि हासिल गर्नका लागि काम गर्ने हाम्रा चिकित्सक, नर्स र अन्य सबैलाई धन्यवाद छ ।’

भारतमा गत जनवरी १६ बाट खोप अभियान शुरू गरिएको थियो । त्यतिखेर स्वास्थ्यकर्मी र फ्रन्टलाइनका मानिसलाई खोप दिइएको थियो । 

मे १ बाट १८ वर्षमाथिका सबै मानिसलाई खोप लगाउने घोषणा गरियो । सबभन्दा संक्रमित शहरबाट यसको आरम्भ गरिएको थियो । 

अहिले देशमा ६३ हजार ४६७ केन्द्रमा खोप लगाइँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्