ट्विटर र फेसबूकबाट निकालिएपछि आफ्नो कुरा राख्न नपाएर छटपटिरहेका अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्न लागेका छन् ।
ट्रुथ सोसल नामक उक्त सञ्जाल सन् २०२२ को शुरूतिरै खोल्ने उनको योजना छ ।
ट्रम्प मिडिया यान्ड टेक्नोलोजी ग्रुपले उदारवादी मिडियाको झुण्डलाई टक्कर दिन नयाँ सामाजिक सञ्जाल खोल्न खोजेको बताए । अमेरिकामा फरक मतलाई मौन राख्नका लागि एकपक्षीय शक्ति दुरुपयोग गर्ने सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीविरुद्ध लड्न यो सञ्जाल खोलेको कम्पनीको भनाइ छ ।
ट्रम्प उक्त ग्रुपका अध्यक्ष हुन् । उनले भने, ‘मैले ट्रुथ सोसल र टीएमटीजी खोलेर ठूला प्रविधि कम्पनीको निरंकुशताविरुद्ध लड्न खोजेको हुँ । ट्विटरमा तालिबानले स्थान पाउने तर तपाईंका प्रिय अमेरिकी राष्ट्रपतिलाई बोल्न नदिइने संसारमा हामी बाँचिरहेका छौं ।’
ट्रुथ सोसस याप एप्पलको याप स्टोरमा प्रिअर्डरका लागि आइसकेको छ । नोभेम्बर महिनामा यसको बिटा भर्जन पनि ल्याइनेछ ।
सन् २०२२ को पहिलो त्रैमासिकमा यो याप अमेरिकाभरि उपलब्ध हुने टीएमटीजीले बयान जारी गरेर जनाएको छ ।