
बेमौसमी वर्षासँगै आएको बाढीपहिरोको क्षतिबारे अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको चैनपुर पुगेका छन् ।
काठमाडौंबाट सुर्खेत, डोटी हुँदै बझाङ पुगेको टोलीमा प्रधानमन्त्री देउवासँगै मन्त्रीहरू, पूर्व मन्त्रीहरू रहेका छन् ।
बझाङमा देउवाले क्षतिबारे जानकारी लिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आले एवं पूर्व मन्त्रीहरू एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन् ।
