×

NMB BANK
NIC ASIA

१ नम्बर प्रदेशमा कार्यकर्तालाई धमाधम राजनीतिक नियुक्ति !

कात्तिक ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अल्पमतमा परेको भनिएको १ नम्बर प्रदेश सरकारले राजनीति नियुक्तिलाई बढावा दिइरहेको छ ।

Muktinath Bank

बिहीवार प्रदेशका १४ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र उपाध्यक्षहरू नियुक्त गरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियुक्त गरिएका अध्यक्ष, उपाध्यक्षलाई बिहीवार नै सामाजिक विकास मन्त्रालयमा कार्यक्रमको आयोजना गरी शपथ ग्रहण गराइएको छ । केही दिनअघि मात्रै मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्ड गठन गरेको थियो ।


Advertisment
Nabil box
Kumari

खेलकुद विकास बोर्डले जिल्लास्तरीय समिति गठन गरेको छ । १ नम्बर प्रदेश सरकारले विश्वासको मत लिने गरी अगाडि बढे पनि राजनीति नियुक्ति रोकेको छैन । विपक्षी गठबन्धनले राजनीतिक नियुक्ति नगर्न चेतावनी दिए पनि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले नियुक्ति रोकेको छैन ।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने समय छलेर विभिन्न अनियमितता गरेको आरोप विपक्षी गठबन्धनका दलले लगाइरहेका छन् । नवनियुक्त अध्यक्ष तथा उपाध्यक्षलाई भोलि शुक्रवारसम्म जिल्ला समितिलाई पूर्णता दिन समेत  निर्देशन दिइएको छ ।

प्रदेश पर्यटन बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले भोलि शुक्रवार बिहान १० बजेसम्ममा सबै जिल्लालाई पदाधिकारीसहित सबै सदस्यको नाम पठाउन निर्देशन दिएका छन् । प्रदेश सरकारको काम कार्यकर्तालाई जागिर खुवाउने मात्रै भएको आरोप लागिरहेका बेला बोर्डका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री बलबहादुर सामसोहाङले प्रदेश खेलकुद ऐनअनुसार काम गरेको बताएका छन् ।

खेलकुद विकास बोर्डले बिहीवार २८ जना एमाले कार्यकर्तालाई नियुक्ति दिएको छ । जसमा ताप्लेजुङमा मणि शकर पोमु अध्यक्ष र पोमा लिम्बु उपाध्यक्ष रहेका छन् । 

अध्यक्ष र उपाध्यक्षमा क्रमशः पाँचथरमा विनोद आङदेम्बे र शान्ति राई, इलाममा उमेश गुरुङ र कुमारी राई, झापामा चन्द्र प्रसाईं र तुला प्रधान उप्रेती, मोरङमा रोहित कोइराला र शितल राय, सुनसरीमा घनश्याम बुढाथोकी र अन्जु पाण्डे नियुक्ति भएका छन् । 

धनकुटामा भोगचन्द्र थापा र चालु शेर्पा, तेह्रथुममा केशव भट्टराई र तारा कार्की गुरुङ, संखुवासभामा ध्रुव खड्का र सुनिता गुरुङ, भोजपुरमा प्रकाश बस्नेत र विनिता राई, खोटाङमा रमेश राई र पवित्रा मकाजु श्रेष्ठ, सोलुखुम्बुमा डिकबहादुर राना पाल र डिक माया सुनुवार, ओखलढुंगामा नारायण काजी राई र मिना केसी, उदयपुरमा सागर नेपाल र मनकुमारी राई क्रमशः अध्यक्ष र उपाध्यक्ष बनेका छन् ।

मोरङका अध्यक्ष रोहित कोइरालाले पदभार ग्रहण गर्दै मोरङको खेलकुद विकास समितिमा राजनीति कार्यकर्तालाई नियुक्त गरेर खेलकुद क्षेत्रलाई अगाडि बढाउने बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x