
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् ।
प्रदेश सभाको बिहीवार अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि कात्तिक १० गते बुधवार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गरे ।
बिहीवार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो शुरू भएका कारण बिहीवारै मतदान गर्ने कार्यलाई सम्भव नभएका कारण कात्तिक १० गते पुर्याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
मुख्यमन्त्री शाक्यले बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह गर्दै दलगत स्वार्थभन्दा माथि उठेर संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुने धारणा व्यक्त गरे ।