![पत्नी सीता र नातिनातिनी लिएर प्रचण्ड सुकुटे पुगे, सुनकोशीमा र्याफ्टिङ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/prachand_iAvpWoG1IG.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुकुटे पुगेका छन् ।
अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालसहित नातिनातिनी लिएर बिहीवार सुकुटे गएका हुन् ।
प्रचण्ड दिउँसो ४ बजे सुकुटेस्थित भोटेकोशी रिसोर्ट पुगेका थिए । त्यहाँ पुगेर उनले केहीबेर सुनकोशी नदीमा र्याफ्टिङ पनि गरेका थिए ।
उनीसँगै ज्वाइँ जीवन आचार्य, उनकी छोरी र स्व. प्रकाश दाहालका छोरा पनि सुकुटे पुगेका छन् । छोरीहरू गंगा र रेनु दाहाल भने सुकुटे गएका छैनन् ।
प्रचण्ड पत्नी सीता लामो समयदेखि पार्किन्सन रोगका कारण बिरामी छिन् । उनको रिफ्रेसमेन्टको लागि पनि प्रचण्ड परिवार सुकुटे पुगेको उनको सचिवालयले बताएको छ ।
प्रचण्डसँगै माओवादी सिन्धुपाल्चोकका नेता सुबोध सापकोटा, दीपशीखा, गोविन्द पराजुली लगायत सुकुटे पुगेका छन् ।
दाहाल बिहीवार साँझ भोेटेकोशी रिसोर्टमै रहने र भोलि शुक्रवार मात्रै काठमाडौं फर्कने उनको सचिवालयले बताएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे जाने गरेका छन् ।