०१ असार २०८३, सोमबार

एमाले स्थायी कमिटी बैठक भोलि फेरि बस्ने, १० बुँदे कार्यान्वयन कार्यदलको निष्कर्ष प्रस्तुत हुने

कात्तिक ४, २०७८
एमाले स्थायी कमिटी बैठक भोलि फेरि बस्ने, १० बुँदे कार्यान्वयन कार्यदलको निष्कर्ष प्रस्तुत हुने
फाइल फोटो

नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रवार दिउँसो २ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

बिहीवारको बैठकमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन स्थल बुटवलबाट चितवनमा सार्ने निर्णय भएको छ । 

दशौं राष्ट्रिय महाधिवशेन आयोजना गर्नका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

बैठकले विधान महाविधेशनको समीक्षा गरेको र असोजको १५–१७ सम्म गोदावरीमा सम्पन्न विधान महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सफल भएको निष्कर्ष बैठकले निकालेको ज्ञवालीले बताए । 

महाधिवेशनले पार्टीपंक्तिमा भावनात्मक एकताको सन्देश सम्प्रेषण गरेको निष्कर्ष स्थायी कमिटी बैठकले निकालेको उनले बताए ।

बिहीवारको बैठकमा केही दिनअघिको अविरल वर्षाका कारण भएको जनधनको क्षतिमा एमालेले गहिरो दुःख व्यक्त गरेको, वर्षा र बाढी पहिरोका कारण पीडामा परेकाहरूप्रति सहानुभूति व्यक्त गरेको उनले बताए ।

भित्र्याउन ठिक्क भएको धानबाली नोक्सानी व्यहोरेका किसानलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन र घरबार गुमाएकाहरूलाई तत्काल पुनःस्थानपना गर्न सरकारसँग माग गरिएको उनले बताए । 

सरकारले रेडक्रस र गैरआवासीय नेपाली संघको क्रियाकलापमा हस्तक्षेप र त्यस्तो नाङ्गो राजनीतिक हस्पक्षेप तत्काल बन्द गर्न बैठकले आह्वान गरेको ज्ञवालीले बताए । 

१० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठक पनि बिहीवारै बसेको र त्यसको निष्कर्ष भोलि शुक्रवारको स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्