३० जेठ २०८३, शनिबार

नदी किनारमा दुई पुरुषको शव भेटियो

कात्तिक ४, २०७८
नदी किनारमा दुई पुरुषको शव भेटियो

पाल्पाको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् ।
     
भुजातमा अन्दाजी ४०÷४५ वर्ष उमेरका र होस्दीमा ५०/५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन । नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्