०२ असार २०८३, मंगलबार

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

कात्तिक ४, २०७८
उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्