०२ असार २०८३, मंगलबार

कार्तिक ४ गते बिहीबारको राशिफल हेर्नुहोस्

कात्तिक ४, २०७८
कार्तिक  ४ गते बिहीबारको राशिफल हेर्नुहोस्

मेष

व्यापार गतिविधिहरुमा ध्यान दिँदा राम्रो परिस्थिति आउन सक्ला । रीस चाँडै उठ्दा काम बिग्रनसक्छ  । कागजातहरु राम्रोसँग राख्नु होला । आज बिबाहमा केहि राम्रो सम्झौता धेरै लाभदायी हुनसक्नेछ । भाग्यशाली रंग बैजनी र भाग्यशाली नम्बर – ३ रहनेछ ।

वृष

कामसँग सम्भंधित राम्रो परिस्थितिलेले जीवनमा राम्रो भावनाहरु आउनसक्ला । बिद्यार्थीहरुले आज कुनै नेतृत्व गर्न सक्छन्  । बच्चाहरुसंग केही समय खर्चगर्नाले हजुरहरुको विश्वास र आत्मीयतामा  वृद्धि हुनेछ ।

मिथुन

आजको दिन राम्रो कर्ममा खर्च गरिनेछ ।  परिवारसंग  राम्रो समय दिँदा सम्बन्धमा केही राहत मिल्नेछ । अत्यधिक व्यस्ततामा  गरिएको निर्णय गलत हुन सक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।  

कर्कट

साथी र परिवारका सदस्यहरूले हजुरलाई आज राम्रो मान सम्मान मिल्नेछ । कर्मचारीहरुको हकमा  पूर्णतया अरुमा  समर्पित कायम रहदा  सुखद अनुभव रहन्छ ।  प्रेम सम्बन्ध राम्रो रहनेछ ।

सिंह

सकारात्मक तरिकामा आवेग काम रहनेछ ।  आफुमा आत्माकेन्द्रित रहन दिनभर सही कार्यतालिका  बनाउनुहोला ।  तपाईंकोलागि कठिन काम पनि सजिलोसँग रहनेछ ।  परिवारसँग सामान्य बादविवाद हुनसक्छ । 

कन्या

तनावसंग सम्बन्धित कामले दिनभर दुख दिनेछ ।  कृषिक्षेत्र राम्रो रहेको छ ।  तपाईंलाई आज कुनै नया काम गर्ने उत्साह थपिनसक्नेछ ।  एक साथीको अचानक आश्चर्य मित्र मिलनले मन खुशी रहनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । 

तुला

नयाँ योजना बनाइनेछ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य गर्ने इच्छा हुनेछ । आफ्नो प्रभाव  बढ्नेछ । लगानी शुभ हुनेछ । तपाईं कुनै पनि ठूलो समस्याबाट छुटकारा पाउनुहुनेछ ।

वृश्चिक

एक सकारात्मक तरिकामा सामाजिक कार्य गरिनेछ । रीस र आवेग काम रहनेछ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।

धनु

प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।

मकर

धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

कुम्भ

स्वास्थ्य - स्वास्थ्य ठीक हुनेछ तर तपाईं आफ्नो आत्मविश्वासमा कमी महसुस गर्नुहुनेछ । जसले तपाइँको कार्य दक्षतालाई पनि असर गर्दछ । भाग्यशाली रंग – निली र  भाग्यशाली संख्या - २  रहनेछ  ।   

मीन

आफ्नो बोलीले आज कुनै काम बिग्रिन सक्नेछ । वित्तप्राप्तिको योग पनि रहेको छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्